बागमती प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विकास निर्देशनालय

माटो तथा मल परीक्षण प्रयोगशाला

हेटौंडा, मकवानपुर
परिचय

नेपाल एक कृषि प्रधान देश हो । यहाँका ६०.४% भन्दा बढी जनताहरु कृषि पेशामा नै निर्भर छन्। राष्ट्रको कुल ग्राहस्थ उत्पादनको करिब २५.८३% श्रोत पनि कृषि रहेको छ। नेपालमा कृषिको इतिहास धेरै पुरानो भएता पनि लगातार जमिनमा खेतीपाती गर्नाले कृषि कर्ममा प्रमुख मानिने माटो जुन बालीविरुवाहरुलाई अति आवश्यक पर्ने खाद्य तत्त्वहरुको श्रोत हो, जसको आपूर्ति विभिन्‍न प्राङ्गारिक, जैविक तथा रासायनिक मलहरुबाट गर्ने गरेको भएता पनि माटोको व्यवस्थापनमा ध्यान नपुर्‍याउँदा माटोको उर्वराशक्ति विस्तारै कम हुँदै गई कृषि फसलको उत्पादन कम भएको महसुस गरी वि.स. २०४९ सालमा नेपाल सरकारले माटो इकाईको स्थापना गर्ने सोच बनायो तर त्यसको दुई बर्ष पश्‍चात वि.स. २०५१ सालमा आएर देशको ५ वटै विकास क्षेत्रहरुमा क्षेत्रिय माटो परीक्षण प्रयोगशालाहरुको स्थापना यर्‍यो। जसमध्ये क्षेत्रीय माटो परीक्षण प्रयोगशाला त्रिशुली, नुवाकोट (हाल माटो तथा मल परीक्षण प्रयोगशाला हेटौडामकवानपुर) पनि एक हो। स्थापना कालमा २ जना अधिकृत, ४ जना सहायकस्तर र १ जना निम्न स्तरको गरि जम्मा ७ जना कर्मचारीको दरबन्दी रहने गरी यसले माटो तथा मल परीक्षण सेवा उपलब्ध गराउन थाल्यो । वि.स. २०६१ को कृषि विभागको नयाँ संरचनामा १२ जना कर्मचारी रहने र वि.स. २०७० को कर्मचारी संरचना अनुसार १३ जना कर्मचारीको जनशक्ति रहने व्यवस्था गरी यसले यो प्रयोगशालाले काम गरिरह्यो । वि.स. २०७२ मा नयाँ संविधान जारी भई मुलुक संघीय संरचनामा गयो र यो प्रयोगशाला तत्कालीन प्रदेश नं. ३ मा रहने गरी कायम भयो । हाल यो प्रयोगशाला बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको प्राविधिक तथा प्रशासनिक नियन्त्रणमा रहेको छ।

यो प्रयोगशाला तत्कालीन नेपाल सरकारको निर्णय अनुसार वि.स. २०६२ सालमा त्रिशुली नुवाकोटबाट हेटौंडा मकवानपुरमा स्थानान्तर भई क्षेत्रीय बीउ बिजन प्रयोगशाला र राष्ट्रिय बीउबिजन कम्पनी मकवानपुरको कोठाहरुमा स्थापना गरी कामकाज गर्दै आइरहेकोमा आ.व. २०६४/६५ मा प्रयोगशालाको नयाँ भवन निर्माण भई आ.व. २०६६/६७ बाट आफ्नै भवनबाट कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। हाल यो प्रयोगशाला बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा औधोगिक क्षेत्र परिसर भित्र महेन्द्र राजमार्गको पूर्वपट्टि अवस्थित छ। 

माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाको कार्यक्षेत्र बागमती प्रदेशका १३ वटा जिल्लाहरु धादिङनुवाकोट, रसुवारामेछापसिन्धुपाल्चोकदोलखाकाभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुरललितपुरसिन्धुलीमकवानपुर र चितवन पर्दछन्।

 

उद्देश्य

·  यस प्रयोगशालाको अगुवाईमा आफ्नो अगुवाईमा आफ्नो कार्य क्षेत्र पर्ने कृषि ज्ञान केन्द्र तथा कृषि कार्य संग्लग्न विभिन्‍न संघसंस्थाहरुसँग समन्वय गरी दिगो रुपमा माटोमा भएको उर्वराशक्तिलाई कायम राख्‍ने कार्यहरु सञ्चालन गर्ने।

·  माटो विश्‍लेषणसर्वेक्षण र अध्ययनको आधारमा विभिन्‍न समस्याहरुको पहिचान गर्ने र समाधानका उपायहरु पत्ता लगाई सिफारिस गरी कृषि प्रसार कार्यलाई सहयोग पुर्‍याउने।

·   समानुपातिक रुपमा मलखादको प्रयोग  गर्न कृषकहरुलाई प्रेरित गर्ने।

· माटो परीक्षण शिविरहरु सञ्चालन गरी कृषकहरुको घर दैलो पुगी कृषि चुन तथा मलखाद सिफारिस गर्ने तथा माटोको महत्व र अवस्थाका बारेमा जानकारी गराउने।

· बाली विरुवाहरुलाई थोरै तर नभई नहुने अत्यावश्यक शुक्ष्म तत्त्वहरुको स्थिति अध्ययनको लागि अनुगमन गर्ने र के कस्ता सुधार गर्न आवश्यक छ पहिचान गरी सुधारात्मक उपायको खोजी गरी कृषक समक्ष पुर्‍याउने।

·  माटोमा आउने विभिन्न किसिमका विकृति अमिलोपननुनिलोपन सुधारका लागि कृषि चुन तथा जिप्सम आदि सिफारिस गर्ने।

· माटोको उर्वराशक्ति वृद्धिका  लागी हरियो मलप्रागारिक मलगोबरमलरात्री मलका अतिरिक्त रसायनिक मलले खेलेको भुमिकाबारे कृषकहरुलाई अवगत गराउने।

· अल्पकालीनमध्यकालीन र दिर्घकालीन रुपमा प्राङ्गारिक र रसायनिक मलको विभिन्न परीक्षण प्रदर्शन अन्नबालीतरकारी र फलफुल खेती आदिबालीमा सञ्चालन गरी प्राप्त तथ्याङ्कको आधारमा मलखादको सिफारिस गर्ने। 

· माटोको विभिन्न अध्ययन र विश्लेषण र अध्ययनको आधारमा जानकारी संकलन गरि समस्यामुलक विषय तथा तत् सम्वन्धी अध्ययन तथा प्रविधि प्रसारण जस्ता कार्यक्रम सञ्चालन गर्ने।

·   दिगो रुपमा माटोको उचित व्यवस्थापन गरी वातावरणीय सन्तुलनलाई कायम राखी कृषि उत्पादन उपादकत्वमा वृद्धि ल्याउने।

·   माटोको नमुनाहरु संकलनविश्लेषण र नतिजाका आधारमा मलखाद सिफारिस गर्ने।

· बजारमा पाईने विभिन्न नाम र ब्राण्डका मलका नमुना संकलनविश्लेषण र मलमा भएको तत्वको बारेमा कृषकलाई जानकारी दिलाउने एवं सिफारिस गर्ने।

· माटो सम्बन्धि प्रादेशिक स्तरमा देखा परेका समस्यालाई समाधानको खोजीको लागी  योजना तर्जुमा गर्ने।

· कार्यक्रमको कार्यान्वयनमा सम्बन्द्ध पक्षहरुलाई सहयोग  पुर्‍याउने, अनुगमन गर्ने, मुल्याङ्कन गर्ने आदि कार्यहरु समेत यस  माटो तथा मल परीक्षण प्रयोगशालाको उद्देश्य रहेको छ।

योजना

·  कृषि, कृषि उत्पादन, कृषि औद्योगिकरण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, कार्यविधि, निर्देशिका निर्माण एवं यससँग सम्बन्धित योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने।

· कृषि क्षेत्रको पूर्वाधार विकास, कृषि तालिम, अध्ययन, अनुसन्धान,  क्षमता विकास, कृषि उपजको न्यूनतम मूल्य समर्थन, कृषि बीमा सम्बन्धी कार्य गर्ने गराउने।

·    पशुपन्छी सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, निर्देशिका कार्यविधि निर्माण गर्ने ।

· स्वस्थ एवं व्यावसायिक पशुपन्छी उत्पादनका लागि रोग नियन्त्रण र नश्ल सुधार, बजार विकास तथा विस्तार, अध्ययन अनुसन्धान, तालिम एवं क्षमता विकास सम्बन्धी कार्य गर्ने  गराउने।

·   प्रादेशिक खाद्य सुरक्षा एवं पोषण अधिकार, खाद्य सम्प्रभुता र खाद्य गुणस्तर निर्धारण सम्बन्धी कार्य गर्ने गराउने।

·  भूमि व्यवस्थापन, भूमि प्रशासन र जग्गा नापजाँच, भूमिसुधार, भू-उपयोग, गुठी तथा गुठी जग्गा व्यवस्थापन, भूमिहिन सुकुम्बासी, दलित आदि वर्गको बसोबास, जिविकोपार्जन, र पुनःस्थापना, सरकारी जग्गा भाडामा दिने, सुरक्षीत बसोबास सम्बन्धी प्रादेशिक नीति कानुन तथा मापदण्डको तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने गराउने।

·   सहकारी सम्बन्धी प्रादेशिक नीति, कानुन, योजना तथा मापदण्ड निर्माण एवं कार्यान्वयन र नियमन गर्ने।

·  गरिवी निवारण सम्बन्धी प्रादेशिक नीति, कानुन, योजना तथा मापदण्ड निर्माण एवं कार्यान्वयन र नियमन गर्ने।

© 2024 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर

Developed By: Ninja Infosys Pvt. Ltd.