कार्य विवरण


प्राविधिक शाखा

  • माटो, प्रांगारिक मल, जैविक मल र रासायनिक मलको भौतिक, रासायनिक र जैविक गुण विश्लेषण गर्ने गराउने।
  • प्रदेशस्तरमा माटोको उर्वराशक्ति नक्सा तयार गरी सो को आधारमा उर्वराशक्ति सुधारका लागि आवश्यक कार्य गर्ने।
  • प्रदेशस्तर माटोको उर्वराशक्ति नक्सा अध्यावधिक गर्ने।
  • माटोमा विषादीको अवशेष विश्लेषण गर्ने।
  • नेपाल कृषि अनुसन्धान परिषद्को सम्बन्धित अनुसन्धान ईकाइ सँग समन्वय गरी नवीनतम् प्रविधिको प्रचार प्रसार गर्ने।
  • प्रदेशस्तरमा माटो तथा मलखाद व्यवस्थापन नीति तथा कार्यक्रमको लागि मन्त्रालय र कृषि विकास निर्देशनालयलाई सल्लाह सुझाव दिने।

प्रशासन शाखा

  • कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने।
  • कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
  • जिन्सी तथा स्टोर व्यवस्थापन गर्ने।
  • जनशक्ति व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
  • तालुक निकायहरुबाट प्राप्त निर्देशन परिपत्र एवं राय सुझाव कार्यान्वयन गर्ने/गर्न सहयोग गर्ने।


कार्य क्षेत्र


null