उद्देश्यहरु
- माटो विश्लेषण, सर्वेक्षण र अध्ययनको आधारमा विभिन्न समस्याहरुको पहिचान गर्ने र समाधानका उपायहरु पत्ता लगाई सिफारिस गरी कृषि प्रसार कार्यलाई सहयोग पुर्याउने ।
- समानुपातिक रुपमा मलखादको प्रयोग गर्न कृषकहरुलाई प्रेरित गर्ने ।
- माटो परीक्षण शिविरहरु सञ्चालन गरी कृषकहरुको घर दैलो पुगी कृषि चुन तथा मलखाद सिफारिस गर्ने तथा माटोको महत्व र अवस्थाका बारेमा जानकारी गराउने ।
- बाली विरुवाहरुलाई थोरै तर नभई नहुने अत्यावश्यक शुक्ष्म तत्त्वहरुको स्थिति अध्ययनको लागि अनुगमन गर्ने र के कस्ता सुधार गर्न आवश्यक छ पहिचान गरी सुधारात्मक उपायको खोजी गरी कृषक समक्ष पुर्याउने ।
- माटोमा आउने विभिन्न किसिमका विकृति अमिलोपन, नुनिलोपन सुधारका लागि कृषि चुन तथा जिप्सम आदि सिफारिस गर्ने ।
- माटोको उर्वराशक्ति वृद्धिका लागी हरियो मल, प्राङ्गारिक मल, गोबरमल, रात्री मलका अतिरिक्त रासायनिक मलले खेलेको भुमिकाबारे कृषकहरुलाई अवगत गराउने ।
- अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा प्राङ्गारिक र रासायनिक मलको विभिन्न परीक्षण प्रदर्शन अन्नबाली, तरकारी र फलफुल खेती आदि बालीमा सञ्चालन गरी प्राप्त तथ्याङ्कको आधारमा मलखादको सिफारिस गर्ने ।
- माटोको विभिन्न अध्ययन र विश्लेषण र अध्ययनको आधारमा जानकारी संकलन गरि समस्यामुलक विषय तथा तत् सम्वन्धी अध्ययन तथा प्रविधि प्रसारण जस्ता कार्यक्रम सञ्चालन गर्ने ।
- दिगो रुपमा माटोको उचित व्यवस्थापन गरी वातावरणीय सन्तुलनलाई कायम राखी कृषि उत्पादन उपादकत्वमा वृद्धि ल्याउने ।
- माटोको नमुनाहरु संकलन, विश्लेषण र नतिजाका आधारमा मलखाद सिफारिस गर्ने ।
- बजारमा पाईने विभिन्न नाम र ब्राण्डका मलका नमुना संकलन, विश्लेषण र मलमा भएको तत्वको बारेमा कृषकलाई जानकारी दिलाउने एवम् सिफारिस गर्ने ।
- माटो सम्बन्धी प्रादेशिकस्तरमा देखा परेका समस्यालाई समाधानको खोजीको लागी योजना तर्जुमा गर्ने ।
- कार्यक्रमको कार्यान्वयनमा सम्बद्भ पक्षहरुलाई सहयोग पुर्याउने, अनुगमन गर्ने, मुल्याङ्कन गर्ने आदि कार्यहरु समेत यस माटो तथा मल परीक्षण प्रयोगशालाको उद्देश्य रहेको छ ।
- यस प्रयोगशालाको अगुवाईमा आफ्नो अगुवाईमा आफ्नो कार्य क्षेत्र पर्ने कृषि विकास कार्यालय तथा कृषि कार्य संग्लग्न विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी दिगो रुपमा माटोमा भएको उर्वराशक्तिलाई कायम राख्ने कार्यहरु सञ्चालन गर्ने ।