NEP
  • NEP
  • ENG
NepalFlag

वि.सं: २०८२ असार १४ गते शनिबार, ०७:५० बजे

नेपाल संवत: ११४५ दिल्लाथ्व तृतीया - ३

बारम्बार सोधिने प्रश्नहरू

बिरुवालाई चाहिने प्रमुख र सूक्ष्म खाद्य तत्त्व भएको, चिस्यान राखी रहन सक्ने क्षमता भएको, प्राङ्गारिक पदार्थ भएको, पीएच ६-६.८ भएको, पानीको निकास सजिलै हुन सक्ने, माथिको सतहमा प्रशस्त माटो भएको फाइदाजनक सूक्ष्म जीवहरू भएको माटोलाई उर्वर माटो भनिन्छ । बाली चक्र अपनाएर खेती गर्ने, कम्पोस्ट वा जनावरको मल, माटोको संरक्षण गर्ने, हरियो मल वा जमिन पूरा पूरा ढाक्ने वा बाली लगाउने, गाईभैंसी चराउने, प्रमुख वा सूक्ष्म खाद्य तत्त्व माटोमा थप राखे, खाद्य तत्त्व उडेर र चुहिएर जान नदिने, माटो जँचाउने, भान्साबाट निस्केको जैविक फोहर, काठपात, जरा, हाँगा, बायोग्याँसको लेदो, काठको धुलो, च्याउ बनाउँदा फालिएको पदार्थ, बायोचार आदि माटोमा राख्राले माटोको उर्वरा शक्ति बढाउन सकिन्छ ।

बिरुवालाई आवश्यक पर्ने क्याल्सियम तत्त्व प्राप्त हुन्छ, माटोको पि.एच मान बढ्दछ, बिरुवालाई वृद्धिमा असर पार्ने तत्त्वहरू एलम्युनियम र म्याग्निजको असर कम हुने, बिरुवालाई आवश्यक पर्ने खाद्य तत्वहरु प्राप्त गर्न सहज हुने, फाइदाजनक ब्याक्टेरियाहरूको उपस्थिति बढ्ने, गड्‌यौला र माटोमा हुने अन्य फाइदाजनक जीवको उपस्थिति बढ्छ।

कृषि चुनको प्रयोग माटोको पि.एच जाँच गरी माटो परीक्षणको प्रतिवेदनमा सिफारिस गरिएको परिमाणमा कृषि प्राविधिकको सल्लाहमा कृषि चुनको प्रयोग गर्नु पर्दछ। साधारण तथा कृषि चुनको प्रयोग बाली लगाउनुभन्दा कम्तीमा २/३ हप्ता अगाडि नै माटोमा एकनासले छरेर मिलाउनुपर्दछ। कृषि चुनको प्रयोग गर्दा माटोमा केही मात्रामा चिस्यान हुनुपर्दछ, यदि सुक्खा भएमा हल्का सिँचाइ गर्नुपर्दछ। धेरै अम्लीय अथवा पीएच (pH) कम भएको माटोमा कृषि चुनको प्रयोग गर्दा सिफारिस मात्रालाई दुई पटक गरी प्रयोग गर्दा लाभदायक हुन्छ। कृषि चुन माटो परीक्षण गरिसकेपछि मात्र प्रयोग गर्नुपर्दछ।

माटोको अम्लीयपना (पि.एच) जाँच गरी आवश्यक मात्रामा कृषि चुनको प्रयोग गर्ने, प्राङ्‌गारिक मलको साथसाथै सन्तुलित रासायनिक मलको प्रयोग गर्ने आदि।

धेरैजसो बालीनालीको लागि उपयुक्त पीएच मान ५.५ देखि ७.५ सम्मको हो ।

माटोमा बोटबिरुवाहरूलाई आवश्यक हुने खाद्य तत्त्वको सन्तुलनलाई बिगार्छ, अम्लीयपनाले गर्दा बढी आवश्यक हुने जस्तै फस्फोरस तत्त्व कम मात्र प्राप्त हुन्छ भने धेरै कम मात्रामा आवश्यक हुने Zn, Cu, Fe, Mn आदि तत्त्वहरु बढी मात्रामा घुलनशील भएर विषाक्त असर (Toxic effect) गर्दछ, माटोमा हुने लाभदायक सूक्ष्म जीवाणुहरूको सङ्ख्या घटाइदिन्छ, माटोको भौतिक बनोटलाई बिगार्छ अथवा कडा हुन्छ।

अम्लीय प्रकृतिको ढु‌ङ्गा चट्टानबाट माटोको निर्माण हुनु, बढी वर्षा हुनु, नाइट्रोजनयुक्त रासायनिक मलको बढी प्रयोग हुनु।

माटो अम्लीयपना बढ्‌नु भनेको त्यो अवस्था हो जसमा हाइड्रोजन आयन (H+) को मात्रा बढ्न गई माटोको पीएच मान ७ भन्दा कम हुन्छ। माटोको परीक्षण गर्दा पि.एच तटस्ठ अर्थात् ७ भन्दा कम पि.एचको मापनतिर आउनुलाई माटोको अम्लीयपना भनिन्छ। यस्तो माटोमा लगाइने बाली विशेष आवश्यक मात्रामा कृषि चुन राखेर सुधार गरी पि.एच बढाउन सकिन्छ ।

बाली लिइसकेपछि र अर्को बाली नलगाउँदै नमुना लिनुपर्ने, माटोको प्रकार र जमिनको क्षेत्रफल, कुन बाली लगाउने हो, जरा कम जाने वा बढी जाने बाली, त्यस जमिनमा लगाइएको बालीहरुको इतिहास र प्रयोग गरिएका रसायनहरू र मल, माटोको नमुना लिँदा प्रयोग भएका औजार उपकरणहरु, नमुना लिने तरिका

फलफूल बाली लगाउने ठाउँको माटोको नमुना लिँदा जमिन सतहबाट ३ फिट मुनिसम्मको माटोको नमुना लिनुपर्दछ। माटोको नमुना लिन सर्वप्रथम आवश्यक सामग्रीहरु (अन्न बालीमा माटोको नमुना लिने जस्तै) को व्यवस्था गर्नुपर्दछ। फलफूल बालीको लागि माटोको नमुना लिंदा जमिनका सतहबाट ३ फिट मुनिसम्मको ३ वटा (०-१ सम्मको एउटा, १-२ सम्मको एउटा, २-३ सम्मको एउटा) गरेर छु‌ट्टाछु‌ट्टै नमुनाहरू सङ्कलन गर्नुपर्दछ। प्रत्येक तह अथवा फिटबाट नमुना लिँदा सोही तहभित्रबाट ५/६ ठाँउबाट (चित्रमा देखाएजस्तै) माटोको नमुना लिनुपर्दछ। एकै किसिमको जमिनमा एकभन्दा बढी खाडलबाट नमुना लिँदा एउटै तहबाट लिएको माटो एउटै भाँडोमा जम्मा गर्नुपर्दछ। भन्नुको मतलब छुट्टाछुट्‌टै खाडलबाट लिएको देखि १ फिटको माटो एउटा भाँडोमा त्यस्तै गरेर १ देखि २ फिटको माटो एउटा भाँडोमा र २ देखि ३ फिटको माटो एउटा भाँडोमा राखुपर्दछ। त्यसैले जति वटा खाडल खने पनि जमिनको तहअनुसार ३ वटा नमुनाहरू (०-१ फिट, १-२ फिटर २-३ फिट) तयार हुन्छ। यसरी प्रत्येक तहबाट लिएको माटोलाई छुट्टाछु‌ट्टै राखे। यदि प्रत्येक तहको माटो १/२ केजीभन्दा बढी भएमा अन्नबालीमा देखाएजस्तै गरेर ४ भाग लगाई अगाडिको आमुन्ने सामुन्नेको राखी बाँकी बाँकी २ भाग हटाउँदै जाने। यो क्रम माटोको तौल करिब १/२ केजी नभएसम्म दोहोऱ्याउने। अन्तमा प्रत्यक तहको १/२ केजी माटोलाई छुट्टाछु‌ट्टै सफा थैलोमा राखी थैलौको बाहिरपट्टि नाम, ठेगाना र प्रत्येक तह उल्लेख गरी माटो परीक्षण प्रयोगशालामा पठाउनुपर्दछ।

सबैभन्दा पहिले नमुना लिनुपर्ने ठाउँलाई एक रूप क्षेत्र (Homogeneous Areas) मा बाँड्नुपर्छ। भन्नुको मतलब एकै किसिमको जग्गा (माटो) बाट एउटा नमुना नयार गर्नुपर्दछ। एकै किसिमको जग्गाबाट एउटा माटोको नमुना तयार गर्न कम्तीमा ७/८ ठाउँबाट नमुना लिनुपर्दछ। नमुना लिनकलागि 'N' वा 'W', वा आकारको बाटोअनुसार लिन सकिन्छ। माटोको नमुना लिँदा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी लिई प्रयोगशालामा पठाउनुपर्दछ। त्यसैलै १०-१५ ठाउँको माटो लिन जमिनको सतहबाट ३ से.मि. सम्म तलको माटो फाल्ने र त्यसपछिको तल कुन खेती गरिएको वा गर्न खोजिएको हो त्यसको आधारमा 'V' आकारको खाडल खनी त्यसको माटोको नमुना पठाउने। खेतबाट खनेर ल्याएको सबै माटो एकै ठाउँमा मिसाउने, ढु‌ङ्गा र झारपात हटाउने र गिलो भएमा छायामा सुकाउने। चिस्यान हटेपछि फुटाउने धुलो बनाउने र सफा कागज वा कपडामा फिँजाउने र त्यसलाई ४ भाग लगाउने, उल्टोतिरका २ भाग एक ठाउँमा जम्मा गर्ने फिंजाउने र ४ भाग लगाउने फेरि उल्टोतिरका २ भाग एक ठाउँमा जम्मा गर्ने यसरी गर्दै जाँदा आधा केजीको माटो भएपछि सेतो प्लास्टिकमा वा सफा सेतो कपडामा माटो र नमुना साथ आफ्नो नाम ठेगाना सम्पर्क नम्बर खेती गरिएको बाली र त्यसको इतिहाससमेत लेखी पठाउनुपर्दछ। करिब आधा के.जी.को जति भएपछि सो माटोको नमुनालाई सफा प्लास्टिक वा कपडाको थैलोमा राखेर बाहिर कृषकको नाम, ठेगाना, नमुना लिएको मिति आदि आवश्यक कुराहरू लेखी नजिकको माटो परीक्षण प्रयोगशालामा पठाउने।

माटोको नमुना निकाल्न कोदालो वा खुर्पी वा अगर (Auger), माटोको नमुना सङ्कलन गर्ने झोला वा प्लास्टिकको ट्रे वा बाल्टिन, माटो फिजाउन कागज वा कपडा वा नाङ्लो, तयारी माटोको नमुना राख्‍नका लागि कपडा वा प्लास्टिक प्लाष्टिकको थैलो, स्थायी मार्कर कलम (Permanent Marker Pen), कागज, चक्कु ।

माटोको नमुना दुई किसिमबाट सङ्‌कलन गरिन्छ। अन्नबाली तथा तरकारी बालीको लागि फलफूल बाली (जस्तै आँप, लिचि, सुन्तला, नास्पाती आदि)

माटोको नमुना लिन उपयुक्त समय भनेको बाली काटिसकेपछि, मलखाद प्रयोग गर्नुभन्दा अगाडि र सुक्खा समय वा खेतबारीमा पानी नजमेको बेलामा लिनुपर्दछ।

माटोमा बोटबिरुवाको लागि आवश्यक खाद्य तत्त्वको मात्रा पत्ता लगाउन, आवश्यक मलखादको मात्रा सिफारिस गर्न, खास बालीको लागि उपयुक्त छ/छैन थाहा पाउन, माटोमा हुने समस्याहरु जस्तै अम्लीयपना, क्षारीयपना, नुनको मात्रा थाहा पाउन।